रूसबाट नराम्रो खबर आयो, नाति टुहुरो भयो

१३ मंसिर, इलाम । पेन्सन पनि नपाउने, शान्ति सेना पनि जान नपाउने हल्ला चलेपछि इलाम–९ सुकिलुम्बाका गंगाराज मोक्तानले नेपाली सेनामा पाँच वर्ष खाएको जागिर बीचैमा छाड्ने निर्णय गरेका थिए ।
गंगाराज २०७२ सालमा घर फर्किए । इलाममै केही गर्ने भन्दाभन्दै तीन वर्ष यसै बित्यो ।
पत्नी याङ्किला शेर्पासँग सल्लाह गरेर २०७६ सालमा उनी दुबई उडे । घर छाड्ने बिहान छोरा गंगाराजलाई देख्न पाएका थिएनन्, ६८ वर्षे पिता कृष्णबहादुर र आमा सन्तमायाले । अघिल्लो साँझ नै उनी बुवा–आमासँग छुटेर अलिक वरको आफ्नो घर आएथे । बिहानै पत्नी याङ्किला र अढाइवर्षे छोरासँग बिदा भई काठमाडौं गए । केही दिनपछि दुबई उडे ।
अनलाइनखबरका लागि कुरा गर्ने क्रममा कृष्णबहादुरले दुःखमनाउ गरे, ‘उता (रूस) बाट नराम्रो खबर आयो, ३२ वर्षमै कान्छो छोरो ढल्यो, सानो नाति टुहुरो भो !’
दुबई जान भनेर हिंडेका गंगाराज कसरी रूस पुगे, यसको पनि सानो किस्सा छ । दुबईबाट पत्नी याङ्किलासँग गंगाराज टेलिफोनमा भनिरहन्थे, ‘सोचे जस्तो कमाउनै सकिनँ । यसरी कसरी चल्छ होला !’
प्रतिक्रिया